logo
२०८१ बैशाख १३ बिहीवार



मोटरसाईकल दुर्घटना हुँदा दुई युवाको मृत्यु, एक गम्भिर

खुला |


मोटरसाईकल दुर्घटना हुँदा दुई युवाको मृत्यु, एक गम्भिर


शिवशंङ्कर मिश्र
बारा, कातिक २५ गते । मोटरसाईकल दुर्घटना हुँदा अलगअलग ठाउँमा दुई जना युवाको ज्यान गएको छ । भने एक जना गम्भिर घाइते भएका छन् ।
ज्यान जानेमा रौतहटको मनहर्वा निवासी २८ वर्षीय मायाराम महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृत्तक महतो बाराको महागढीमाई नगरपालिका वडा नम्बर–९ कंचनपुरटोल ससुराली बस्दै आएकोमा ससुरालीबाट कामले सिम्रौनगढ जाने क्रममा मंगलबार बिहान पौने १ बजे पचरौता नगरपालिका वडा नम्बर–९ स्थित पूर्व पश्चिम नहरको डिलमा नम्बर नखुलेका मोटरसाईकल अन्यित्रित भई मृत्त अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
मृत्तक महतोको शव परीक्षणगरी परिवारको जिम्मा लगाइएको तथा यसबारे अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।
यस्तै करैयामाई गाउपालिका वडा नम्बर–३ गालोपट्टी बजनीटोल निवासी २२ वर्षीय संदेश साह तेलीको उपचारको क्रममा सोमबार राती १२ बजे कलैया अस्पतालमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
उनीसँग मोटरसाईकलमा पछाडी बसेका सोही ठाउँका २३ वर्षीय अरमान हवारीको कलैयामा समान्य उपचार गरी न्युरो अस्पताल वीरगंजमा थप उपचार भई रहेको ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक शेखर कुमार साहले बताउनुभयो । हवारीको अवस्था अहिले पनि गम्भिर रहेको उहाँले भन्नुभयो ।
उनीहरु पिपरा बजारबाट तेतरिया हुँदै घर तर्फ फिर्ता आउदै गरेको ना २२ प ६८५४ नम्बरको मोटरसाईकल सोमबार राती साढे ११ बजे अन्यन्त्रित भई करैयामाई गाउँपालिका वडा नम्बर–५ तेतरिया स्थित पक्की पुलमा ठोक्एिर पानीमा खसेका थिए, बारागढी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निरबहादुर लामाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?