logo
२०८१ बैशाख १४ शुक्रवार



कोरोना सङक्रमणबाट ४८ बर्षिय पुरुषको मृत्यु

प्रदेश |


कोरोना सङक्रमणबाट ४८ बर्षिय पुरुषको मृत्यु


बाबुराम देवकोटा
सिन्धुलीमाढी, कात्तिक २० गते । सिन्धुलीको कमलामाई नगरपालिका–५ ढाक्रेबास निवासी ४८ बर्षिय खिलबहादुर मगरको बिहिबार बिहान कोरोना सङक्रमणबाट मृत्यु भएको छ ।
यो सहित सिन्धुली जिल्लामा कोरोना सङक्रमणबाट ज्यान गुमाउनेको सङख्या दुई पुगेको सिन्धुली अस्पतालले जनाएको छ । स्वासप्रश्वासमा समस्या आएपछि सिन्धुली अस्पतालमा भर्ना गरी आईसियुमा राखेर उपचार गराई रहनु भएका मगरको उपचारको क्रममा बिहिबार बिहान ३ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि मगरलाई सिन्धुली अस्पतालले कात्तिक १५ गते धुलीखेल थप उपचारका लागि पठाएको थियो । धुलिखेल अस्पतालले पनि सोही दिन मगरलाई केएमसी अस्पताल सिनामंगल पठाएको थियो । केएमसीले मगरको स्वाब पिसिआर परिक्षण गर्दा कात्तिक १६ गते कोरोना सङक्रमण पुष्टि भएको थियो ।
सङक्रमितको उपचार हुन नसक्ने भएपछि केएमसीले बुधबार घर पठाएको र पुन उपचारका लागि बुधबार राती १० बजे सिन्धुली अस्पतालको आईसियुमा भर्ना गरिएको व्यवस्थापक श्रेष्ठले सुनाउनुभयो । मृतक मगर मधुमेहको दिर्घरोगी रहेको बताईएको छ ।
नेपाली सेनाको टोलीले मृतक मगरको शबलाई कमलामाई नगरपालिका–७ गड्यौली खोलामा व्यवस्थापन गरेको पनि अस्पतालले जनाएको छ । यसअघि सिन्धुली जिल्लामा कोरोना सङक्रमणबाट कमलामाई नगरपालिका–६ पानिट्याङ्गकी निवासी ८४ बर्षिया विष्णुमाया बिकको ज्यान गएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?