logo
२०८१ बैशाख ८ शनिवार



कैलालीमा कोरोना सङ्क्रमित ९२ वर्षीय वृद्धको मृत्यु

प्रदेश |


कैलालीमा कोरोना सङ्क्रमित ९२ वर्षीय वृद्धको मृत्यु


अविनाश चौधरी
धनगढी, कात्तिक २० गते । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित ९२ वर्षीय वृद्धको बिहीबार विहान ज्यान गएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका–५ का सङ्क्रमित वृद्धको ज्यान गएको हो । उहाँलाई पुस १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कडा खालको निमोनिया भएका वृद्धलाई सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिए पनि ज्यान बचाउन नसकिएको श्रेष्ठले बताउनुभयो ।
‘उहाँको फोक्सो लगभग पूर्ण रुपमा खतम भइसकेकोको थियो’, श्रेष्ठले भन्नुभयो । ‘आज विहान करिब ५ बजेतिर बित्नु भो ।’ मृतकको शव व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । योसंगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।
सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा हाल आठ जनाको आइसीयु र दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अस्पतालमा कोरोनाका जम्मा ३८ विरामी उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?