logo
२०८१ बैशाख ८ शनिवार



अछाममा ११ सय बढीले कोरोना जिते

प्रदेश |


अछाममा ११ सय बढीले कोरोना जिते


शिवराज ढुंगाना
अछाम, कात्तिक २६ गते । कोरोना सङक्रमण भएर निको हुनेको संख्या अछाममा एक हजार एकसय १९ पुगेको छ । दश स्थानीय तहका एक हजार १५३ जनामा कोरोना सङक्रमण पुष्टि भएकोमा ३० जना मात्र कोरोनाको सक्रिय बिरामी छन् ।
साँफेबगर नगरपालिकामा दुईसय ६३ जना, रामारोशन एकसय ६४ जना, मंगलसेन नगरपालिकामा एकसय ५५ जना, मेल्लेख गाउँपालिकामा एकसय ४६ जना कोरोना पराजित घर गएका स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो । यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा एकसय दुई जना, पञ्चदेवल विनायक नगरपालिका ८८ जना, चौरपाटी गाउँपालिकामा ७६ जना, तुर्माखाँद गाउँपालिकामा ६० जना, कमलबजार नगरपालिकामा ३६ र ढकारी गाउँपालिकामा २९ जना कोरोना संक्रमणपछि सञ्चो भएको सूचना अधिकारी जोशीको भनाइ छ ।
सङक्रमण हुनेमा जेष्ठ नागरिक नौ जना र १५ वर्षको उमेर भन्दा कमका एकसय ४८ जनाले कोरोना सङक्रमणलाई परास्त गरेको पाइएको छ । कोरोना सङक्रमण भएका अधिकाँसले स्थानीय तहकै आइसोलेसनमा रहेर साधारण खाना र जटिबुटीले कोरोना परास्त गरेको बताएका छन् । हाल ३० जना मात्र कोरोना सङक्रमणका सक्रिय व्यक्ति रहेका स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ । हालसम्म अछाममा दशहजार छसय २८ जनाको स्वाब परीक्षणमा एकहजार एकसय ५३ जनामा सङक्रमण पुष्टि भएको छ । सङक्रमण पुष्टि हुनेमा दुईसय ५८ महिला र आठसय ९५ पुरुष रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?