दुई जना चिकित्सक, तीन बिरामीसहित १७ जनामा कोरोना पुष्टि
गोरखापत्र अनलाइन
श्रावण ८, २०७७ बिहीबार
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना चिकित्सक, वीरगञ्जकै एडभान्स अस्पतालमा उपचारत तीन जना बिरामीसहित १७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
बुधबार राति १० बजे आएको पिसीआर परीक्षणको रिपाेर्टअनुसार नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना चिकित्सक, वीरगञ्जकै एडभान्स अस्पतालमा उपचारत तीन जनासहित १७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको कोभिड अस्पतालका...