फौजी कीराले इलामको १५ हजार हेक्टरको मकैबालीमा क्षति
गोरखापत्र अनलाइन
जेष्ठ ३०, २०७७ शुक्रबार
इलामको १५ हजार हेक्टर क्षेत्रफलको मकैबालीमा फौजी कीराले क्षति गरेको छ । दुई साताको अवधिमा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा लगाइएको मकैबालीमध्ये १५ हजार हेक्टर क्षेत्रफलको मकैबाली फौजी कीराले नष्ट गरेको हो ।
दिनमा भन्दा रातमा सक्रिय हुने फौजी कीराले मकैको गुबो नै खाएपछि जिल्लाका सयौँ किसान समस्यामा परेका छन् । इलामको देउमाई नगरपालिका, इलाम नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका...