एनआरएनए दक्षिण कोरियाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
गोरखापत्र अनलाइन
बैशाख ८, २०७७ सोमबार
गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाल सरकारलाई चार हजार टेस्ट किटसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा सचिव यादवप्रसाद कोइरालाले स्वास्थ्य सामग्री अभावको बेला विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोग अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले महामारी नियन्त्रणका लागि प्राप्त सामग्रीलाई सम्बन्धित स्थानमा...