गाउँघरमा पाइने तितेपातिबाट बन्याे सेनीटाइजर
गोरखापत्र अनलाइन
बैशाख ८, २०७७ सोमबार
कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुरले आफ्नै गाउँ घरमै पाइने तितेपातीको स्यानिटाईजर बनाएर बजारमा ल्याएको छ ।स्यानिटाईजरमा तितेपातीसगै ईथानल, ग्लिसिरल, हाईड्रोजन पेरो अकसाईड र निर्मलीकरण गरिएको पानीसग मिश्रण गरिएको छ । यसलाई विश्वबिद्यालयका जीव रसायनशास्त्री उपप्रध्यापक सरोज सापकोटाको नेतृत्वमा विज्ञ टोलीले उत्पादन गरेको हो । जीव रसायनशास्त्री सापकोटा अहिले विद्यावारिधी पनि गर्दै हुनुहुन्छ ।