घर ढल्यो,दलितबस्तीमा कन्तबिजोग
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडानम्बर सात स्थित नँयाबस्ती कटानीमा दर्जनौं घरपरिवार घर बीहिन बन्न पुगेका छन् ।
चिनो र फापर छर्ने बारीमा आलु खेती
हुम्लाका किसानहरु चिनो र फापर छर्ने बारीमा व्यावसायिक आलु खेती गर्न थाल्नु भएको छ
नेपालीलाई ठाउँ निकाला गर्ने भारतीय ठेकेदारमाथि मुद्दा
लकडाउनका बेला नेपालीलाई खान बस्न नदिएर ठाउँ निकाला गर्ने भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाका दुई जना ठेकेदारमाथि भारतीय प्रहरीले मुद्दा दायर गरेको छ ।
आमाबुवासँगै क्वारेन्टाइनमा रहेका आठ महिने शिशुको मृत्यु
सर्लाहीको उत्तर–पूर्वी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, परवानीपुर झल्ला चौडीमा आमाबुवासँगै क्वारेन्टाइनमा रहेका आठ महिने शिशुको मृत्यु भएको छ
कुहिएको दाल राहत बाँडेको आरोपमा नगरप्रमुख यादव पक्राउ
राहतका लागि कुहिएको दाल बिक्री, वितरण गरेको अभियोगमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई करिब साढे तीन वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीले जानकारी दिनुभयो ।
पूर्वी मोरङमा मलको अभाव , साल्ट ट्रेडिङको गोदाम भरिभराउ
दक्षिण पूर्वी मोरङका रतुवामाई, उर्लाबारी, सुनवर्सी र रङ्गेली नगर क्षेत्रमा युरिया मलको अभाव भएको छ ।
किसानका उत्पादन बिक्री गर्न कृषि एम्बुलेन्स
लकडाउनको समयमा कृषि उपज बिक्रीका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कृषि एम्बुलेन्स सुरु भएको छ । प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा मंगलबारदेखि भैरहवामा कृषि एम्बुलेन्स सुरु भएको हो ।
बन्दाबन्दीमा पनि प्रसुती गृहमा सुत्केरी हुने बढे
स्वास्थ्य सेवा कार्यालयकी सिनियर अनमी सरिता बोहराले यो बन्दाबन्दी यता १२ जना गर्भवती महिलाहरुको प्रसुती गृहमा सुत्केरी भएकोमा दुई जनाको अप्रेशनबाट र अन्य दश जनाको सामान्य रुपमा सुत्केरी भएको बताउनुभयो ।
सप्तरी प्रहरीले ल्यायो लकडाउन प्रभावकारी बनाउने योजना
सप्तरी प्रहरीले जिल्लामा लकडाउन प्रभावकारी बनाउन नयाँ योजना अघि सारेको छ...
बन्दाबन्दीले सिमसारक्षेत्रमा चराहरुको चहलपहल बढ्यो
जैविक विविधताले महत्वपुर्ण विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालक्षेत्र हिजो आज बन्दाबन्दीका कारण चराचुरुङ्गीको चहलपहल बढ्न थालेको छ ।