लिम्पियाधुरा क्षेत्रबारे उच्चवार्ता
गोरखापत्र अनलाइन ,
जेष्ठ २३, २०७७ शुक्रबार
सन् १८१६ को सुगौली सन्धिले निर्धारण गरेको काली (महाकाली) नदीको उद्गम लिम्पियाधुरा नेपालको पश्चिमोत्तर सीमा हो । सुगौली सन्धिअनुसार कालीपूर्वका कुटी, नाभी, गुन्जी नेपाली गाउँहरू रहेको तथ्य निर्विवाद छ । लिम्पियाधुरा पूर्वको सम्पूर्ण भूमि नेपालको रहेको अकाट्य सत्य हो । नेपाल सरकारबाट सुगौली सन्धिपछि निर्बाधरूपमा कुटी, नाभी, गुन्जी गाउँहरूको मालपोत असुली हुँदैआएको हो । इस्ट–इण्डिया कम्पनीले सुगौली सन्धिअनुसार...