सीमामा प्रविधीकरण
गोरखापत्र अनलाइन ,
जेष्ठ २२, २०७७ बिहीबार
आतङ्कवाद, आपराधिक क्रियाकलाप, हातहतियार ओसारपसार आदि खतराका कारण सीमासुरक्षाको अवधारणा धेरै विकसित भएको छ । कुनै पनि राष्ट्रको सार्वभौमसत्ता जोगाउन सीमासुरक्षाले अत्यन्तै ठूलो भूमिका खेलेको हुन्छ । यसले लागुपदार्थ, हातहतियार, र प्रतिबन्धित गैरकानुनी आन्दोलनबाट राज्यहरूलाई सुरक्षा दिन्छ । विश्वका विभिन्न देशबीच सम्बन्ध बिग्रनुको कारण सिमानालाई लिइन्छ । देशको कूटनीतिक सम्बन्धदेखि देशको आर्थिक, प्रशासनिक,...