बाँझो देख्न नपरोस् (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
जेष्ठ २७, २०७७ मंगलवार
पछिल्ला केही वर्षदेखि नेपाल सरकारले जमिन बाँझो राख्न नपाइने नीतिलाई महत्वका साथ अघि बढाएको छ । विद्यमान बेरोजगारी समस्या, युवाको विदेश पलायन, ठूलो धनराशिको खाद्यान्न तथा तरकारी विदेशबाट आयात गर्नुपर्ने जस्ता अवस्थाको दीर्घकालीन समाधान गर्न नेपालले कृषि उत्पादन वृद्धिलाई उच्च महत्व दिएसँगै जमिन बाँझो राख्न नपाइने नीति ल्याएको हो । सन् ८० को दशकसम्म खाद्यान्न निर्यात गर्ने नेपालले गत आर्थिक वर्षमा दुई खर्बभन्दा...