सङ्घीयतामा निजामती सेवा
गोरखापत्र अनलाइन ,
माघ १०, २०७६ शुक्रबार
सार्वजनिक प्रशासनको माउ कानुनका रूपमा निजामती सेवा रहेको छ । यसको महŒवलाई ध्यान दिएर संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने लक्ष्य राखेको छ ।