प्रदेश १ को मध्यमकालीन खर्च संरचना
गोरखापत्र अनलाइन ,
कार्तिक ८, २०७६ शुक्रबार
नेपालमा मध्यमकालीन खर्च संरचनाको अभ्यास दसौँ योजना (आर्थिक वर्ष २०५९÷०६०) देखि गरियो । प्रत्येक वर्ष चक्रीय रूपमा तीन वर्षका लागि तयार गरिने सार्वजनिक खर्चको संरचनालाई मन्त्रालयको आन्तरिक दस्तावेजका रूपमा प्रयोग गरिँदै आइएको भए पनि यसले निरन्तरता पाउन सकेको थिएन ।