logo
२०८१ बैशाख १३ बिहीवार



सहुलियत कर्जा प्रवाह वृद्धि

अर्थ |


सहुलियत कर्जा प्रवाह वृद्धि


भेषराज वेल्बासे

काठमाडौँ, पुस ५ गते । कोरोना सङ्क्रमण सुरु भएयता कृषि क्षेत्र तथा लघु, घरेलु तथा साना उद्योगमा बढेको आकर्षणसँगै सहुलियतपूर्ण कर्जा प्रवाह पनि बढेको छ । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा दुई खर्ब पाँच अर्ब दुई करोड रुपियाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा एक लाख ३३ हजार ९३० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ५५ हजार ११६ ऋणीलाई प्रवाह भएको एक खर्ब ३० अर्ब २३ करोड रुपियाँ रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ७६ हजार २० महिला उद्यमीलाई ७१ अर्ब १५ करोड रुपियाँ प्रवाह भएको छ ।

कृषिजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर गराउँदै खाद्य सुरक्षा र सम्प्रभुता कायम गर्दै लैजाने सरकारले योजना बनाइरहँदा कोरोना सङ्क्रमणयता कृषिजन्य उत्पादन पनि बढ्दो क्रममा छ ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई वर्षअघि चैत ११ गतेदेखि सरकारले अवलम्बन गरेको लकडाउनपछि बढ्दै गएको स्थानीय कृषिजन्य उत्पादन त्यसमा पनि तरकारीको बजारीकरण बढेको छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ७९४ ऋणीको तीन अर्ब ६४ करोड कर्जा बक्यौता रहेको छ ।

चालू आर्थिक वर्षको कात्तिक मसान्तमा मात्रै एक खर्ब २० अर्ब ११ करोड रुपियाँ पुनर्कर्जाका लागि लगानीमा रहेको छ ।
यस्तै ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ कात्तिक मसान्तसम्ममा एक अर्ब सात करोड स्वीकृत भएको छ ।

निजी क्षेत्रमा कर्जा ८.९ प्रतिशतले वृद्धि
बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पनि ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ कात्तिक मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३२.२ प्रतिशतले बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?