logo
२०८१ बैशाख ८ शनिवार



बढ्यो वाणिज्य बैङ्कको नाफा

अर्थ |


बढ्यो वाणिज्य बैङ्कको नाफा


काठमाडौँ, माघ १० गते । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् ।
आव २०७७/७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा गरेका बैङ्कहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपियाँ बढी नाफा आर्जन गरेका हुन् ।
गत वर्ष सोही अवधिको तुलनामा बैङ्कहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ ।

यो वर्ष ग्लोबल आईएमई बैङ्क धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो बैङ्कले दुई अर्ब ६६ करोड ३३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत बढी हो । यस अवधिसम्म बैङ्कको वितरणयोग्य नाफा एक अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपियाँ छ ।
यसअघि नबिल र एनआईसी एसिया बैङ्क नाफामा अगाडि भएको भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको विवरणअनुसार भने ग्लोबल आईएमई बैङ्क नाफामा पनि अगाडि देखिएको हो ।
ग्लोबल आईएमई बैङ्कलाई पछ्याउँदै एनआईसी एसिया बैङ्क दोस्रो र नबिल बैङ्क तेस्रो स्थानमा परेको छ ।



दुई अर्ब रुपियाँमाथि नाफा आर्जन गर्नेको सूचीमा पर्नेमध्ये पनि ग्लोबल, एनआईसी एसिया र नबिल बैङ्क रहेका छन् । एनआईसी एसिया बैङ्कले चालू आव २०७८÷७९ को दोस्रो त्रैमासको पुस मसान्तसम्ममा दुई अर्ब ४० करोड खुद नाफा आर्जन गरेको छ । जुन वार्षिक बिन्दुगत आधारमा १६.४७ प्रतिशतको वृद्धि हो ।
तेस्रो स्थानमा परेको नबिल बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा दुई अर्ब १८ करोड रुपियाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ८.२० प्रतिशत धेरै हो ।

एक अर्बमाथि नाफा आर्जन गर्ने बैङ्कहरूमा राष्ट्रिय वाणिज्य बैङ्क, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट, सिद्धार्थ बैङ्क, कृषि विकास बैङ्क, मेगा बैङ्क, प्रभु बैङ्क, सिटिजन्स बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड, सानिमा र माछापुच्छे« बैङ्क छन् ।
यस्तै एक अर्ब रुपियाँ नाफा कटाउन नसक्ने बैङ्कहरूमा कुमारी, एनसीसी, एभरेस्ट, लक्ष्मी, नेपाल बङ्गलादेश, नेपाल एसबीआई, सेन्चुरी, बैङ्क अफ काठमाण्डू र सिभिल बैङ्क रहेका छन् ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष उच्च नाफा आर्जन गर्दै सिभिल बैङ्क सबैभन्दा अगाडि देखिएको छ । अघिल्लो वर्ष २० करोड २८ लाख ४४ हजार रुपियाँ नाफा आर्जन गरेको सो बैङ्कले यो वर्ष १४८.४६ प्रतिशतले बढाएर ५० करोड ४० लाख रुपियाँ पु¥याएको छ ।
नेपाल बैङ्क, एनएमबी, हिमालयन र सनराइज बैङ्कले विवरण सार्वजनिक गरेका छैनन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?