logo
२०७९ मंसिर १९ सोमवार



नयाँ वर्षको उपहार धरहरा

विचार/दृष्टिकोण |




शङ्करमान सिंह

‘नयाँ वर्ष २०७८’ को शुभकामनासँगै धरहरा पनि उपहार दिने कुरा सार्वजनिक भएको छ । नेपालको काठमाडौँ सुन्धारामा वास्तुकला शैली मुगल र ‘नियोक्लासिकल’ शैलीमा बनेको थियो धरहरा । यो नौतले आकारको स्तम्भ थियो । विक्रम संवत् १९९० भन्दा पहिला यसमा ११ तला थियो, यसको बार्दली नवौँ तलामा थियो तर १९९० माघ २ मा आएको महाभूकम्पका कारणले बार्दलीभन्दा माथिको १० र ११ तला भत्कियो र नौ तलाको रह्यो । पुनः विसं २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको भूकम्पले यो पूर्ण रूपले नष्ट भई इतिहास बन्न पुग्यो ।
विसं १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले रानी ललित त्रिपुरा सुन्दरीको आदेशअन्तर्गत धरहरा बनाउन लगाएका थिए । भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकाले धरहरालाई ‘भीमसेन स्तम्भ’ पनि भनिन्छ । सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट विगुल बजाउने गरिन्थ्यो । विगुल बजेको सुनेपछि जङ्गी, निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो ।
पहिलो टावर १८२४ मा निर्माण गरिएको थियो । १८३४ को भूकम्पको समयमा दुवै स्तम्भ केही भएनन्, बाँचे तर भीमसेनको दुई टावरमध्ये पहिलोमा ठूलो क्षति भयो । एक शताब्दीपछि, १९३४ मा, अर्को भूकम्पले पहिलो स्तम्भलाई पूर्ण रूपमा ध्वस्त ग-यो र दोस्रो स्तम्भको नौ तलामध्ये केवल दुई बाँकी रह्यो । नेपालका तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जङ्गबहादुर राणाले पछि धरहरा स्तम्भको मर्मतसम्भारको काम पूर्ण रूपमा पुनःस्थापित गरे । मूल भीमसेन स्तम्भ नष्ट भएपछि, रानी ललित त्रिपुरा सुन्दरीको धरहरा भीमसेन स्तम्भ भनेर चिनिन थाल्यो । धरहराको सबैभन्दा माथिल्लो तलामा शिवलिङ्ग थियो । टुप्पोमा गजुर रहेको ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महŒवपूर्ण रहेको थियो । धरहराको निर्माण मुगलशैलीमा गरिएको थियो भने वरिपरिको पर्खाल पनि सोही शैलीमा निर्माण गरिएको छ । धरहराको निर्माण इँटा र वज्र (सुर्ती, चुन, मास र चाकुको मिश्रण)बाट भएको थियो ।
अप्रिल २०१५ मा, ७.८ रेक्टर स्केलको अनुमानित तीव्रतासाथ अर्को भूकम्पले काठमाडौँ र यसको वरपरको क्षेत्रलाई प्रभावित ग-यो र स्तम्भ ढल्न पुग्यो । फेब्रुअरी २०१६ मा, सरकारले धरहराको पुनःनिर्माण गर्ने निर्णय ग-यो र प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले पुनःनिर्माणमा एक महिनाको तलब दिनुभयो । पुनःनिर्माणका लागि पैसा सङ्कलन गर्न ‘मेरो धरहरा म निर्माण गर्नेछु’ भन्ने कोष पनि स्थापना भएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार नयाँ टावर भूकम्प प्रतिरोधी हुने बताइएको छ । नयाँ टावरको आधारशिला २७ डिसेम्बर २०१८ मा राखिएको थियो ।
धरहराको पुनःनिर्माण, जुन अब एक उच्च प्राविधिक संरचनासहितको हुनेछ । नयाँ धरहरा पुरानोजस्तो देखिन्छ, यद्यपि यो आधुनिक सुविधाबाट समेत सुसज्जित हुनेछ । पुनःनिर्माण योजनाअनुसार नयाँ धरहरा ११ तले २४५ फिट अग्लो हुने भए पनि यो भित्री भागबाट २१ तलाको हुनेछ । नयाँ संरचनामा १८औँ तलामा एक मिनी प्रदर्शनी थियटर, एक टकसाल सङ्ग्रहालय, एक ‘ग्रीन पार्क’, एक म्युजिकल फाउन्टेन, गाडी पार्किङ क्षेत्र, एक स्मारिका पसल र खाना कोर्टलगायत अन्य आकर्षण हुनेछन् ।
केही आलोचनात्मक टिप्पणी गर्नेको मतअनुसार नयाँ धरहरा धरहरा होइन, तर टावर हो भन्ने मत राख्नेहरू पनि छन् । फेब्रुअरी २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म मेरो धरहरा निर्माण गर्नेछु’ भन्ने अभिव्यक्ति सार्वजनिक गरेपछि धन सङ्कलन अभियान फेब्रुअरी २०१६ मा घोषणा गरेको थियो, जुन सम्पदा पुनःनिर्माणका अधिकांश कार्यक्रम थिए । प्रधानमन्त्री ओलीको घोषणाले जनतामा आशा जगायो । धेरैले सोचे कि उनीहरू ध्वस्त भएका धरहरा पुनःनिर्माण हुनेछन् । तर, सम्बन्धित अधिकारीहरूले योजना बनाउन थालेपछि पुरानो घरको पुनःनिर्माणको सट्टा ‘नयाँ धरहरा’ निर्माण गर्न थाले । यसबाहेक, सम्पदा संरक्षणसँग तालुक राख्नेहरूले नयाँ भवनले कुनै ऐतिहासिक र सांस्कृतिक महŒव राख्न सक्दैन भने । पुरानोलाई चम्काउने र नयाँ प्रविधिले टल्काउने प्रधानमन्त्रीको अभिलाषा रहेको सार्वजनिक समारोहमा अभिव्यक्त भएका छन् ।
इतिहासको सर्सरी समीक्षा गर्दा देखिन्छ कि पहिलो बहस नयाँ टावरलाई के भन्ने भन्नेबारेमा थियो । अधिकारीहरूले आधिकारिक रूपमा परियोजनाको नाम ‘ऐतिहासिक धरहरा पुनःनिर्माण’ शीर्षक दिएका छन् । तर, टिप्पणीकार र आलोचना गर्नेहरू भन्छन् कि यो धरहराको ‘पुनःनिर्माण’ होइन, बरु पूर्ण रूपमा नयाँ भवनको निर्माण जुन भूकम्पले ग्रस्त धरहराको अवशेषको छेउमा खडा छ ।
धरहरालाई पहिले नै ‘भीमसेन मूर्खता’ भनिएको थियो किनकि यो काठमाडौँ र नेपालको वास्तुकला प्रकृतिविरूद्ध थियो र अब हामी पनि त्यही गल्ती दोहो¥याइरहेका छौँ भन्ने भनाइप्रति कति सत्यता छ, त्यो समयले बताउला ।
ऐतिहासिक स्मारकहरूको नक्कल गर्नेसम्बन्धमा सर्त र दिशानिर्देशहरू छन् । ‘धरहरा र नयाँ टावरको सम्बन्धमा अधिकारीहरूले पहिलेको धरहराको आकार बढाएर उक्त क्षेत्रको व्यावसायीकरण गरेका छन् । नयाँले पैसा कमाउने अभिप्रायलाई पनि जोड दिएको देखिन्छ, जुन उपभोगवादी संस्कृतिको उपज हो भन्नुमा अत्युक्ति नहोला ।
धरहरा टावर ‘प्राइम’ क्षेत्रमा अवस्थित छ, धरहराको नजिकको सम्पदास्थलको साथ, १०० मिटर टाढा । यो २० आवासीय सहवाणिज्य स्थान हो । आवासीय इकाइ, बेडरुम कन्फिगरेसनसाथ आन्तरिक सहर जीवनशैलीअनुरूप डिजाइन गरिएको छ । एकाइहरू बैठक कोठा, भान्छा÷भोजन, बाथरुम, र धुलाइसाथ आउँछन् । जेहोस्, यी एकाइ तपाईंको आवश्यकताअनुरूप वाणिज्यिक ठाउँका रूपमा पनि डिजाइन गर्न सकिन्छ ।
धरहरा परिसरभित्र एक हजारभन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माण भएको छ । त्यसबाहेक टक्सार सङ्ग्रहालय, भूकम्प सङ्ग्रहालयलगायतको सङ्ग्रहालय रहने भवनको निर्माण भएको छ ।
धरहराको कुल लागत भ्याटसहित तीन अर्ब ४५ करोड रुपियाँ छ । धरहराको कूल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।

पुनःनिर्माण कि नवनिर्माण ?
धेरैले नयाँ ठाउँमा नयाँ प्रविधिले ढलान गरेर बनाएको धरहरालाई पुनःनिर्माण भन्‍न नमिल्ने धारणा व्यक्त गरेका छन् । भीमसेन थापाले बनाएको धरहरा भन्दा धेरै कुरामा फरक (ठूलो, अग्लो, फराकिलो) भएकाले यसलाई ‘भ्युटावर’को संज्ञा दिएका छन् ।
á प्रधानमन्त्री ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा ः म बनाउँछु’ अभियान सुरुवात गर्नुभयो । अभियानमा प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब राखेर छुट्टै खातासमेत खोलिएपछि जनताको सेन्टिमेन्ट प्रधानमन्त्री ओलीले ‘क्याच’ गर्नुभयो । धरहरा ढलेर मृत्यु भएकाहरूको सम्झनामा स्मारक राख्ने र संग्रहालय बनाउने भनेपछि एककिसिमले थुप्रै मानिस भावनात्क रूपमा प्रधानमन्त्रीको पक्षमाा उभिए । प्रधानमन्त्री ओलीले अभियानका लागि मुलुकभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई सहयोग गर्न आह्वान गरेका थिए ।
सम्पदा अभियन्ताका अनुसार अहिले बन्दै गरेको धरहरामा काठमाडौँमा दिनहुँ भारी बोक्ने मजदुरको पनि पसिना परेको छ । काठमाडौँमा दिनहुँ भारी बोकेर गुजारा गर्ने मजदुरले पनि पैसा दिएका थिए । तर, अब नयाँ संरचना बनेपछि उनीहरूले नै पैसा तिरेर चढ्नुपर्ने दिन आउन बेर छैन ।

इतिहास झल्कने, आधुनिकता टल्काउने :ओली
á सोहीअनुरूप २०७२ फागुन ४ गते ‘मेरो धरहरा ः म बनाउँछु’ अभियान सुरुवात गर्दै प्रधानमन्त्री ओलीले धरहरा बलियो बनाउने प्रण गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘अब बन्‍ने धरहरा हेर्दा पहिलेको जस्तै देखिने तर भूकम्पले नढल्ने बलियो हुनेछ ।’ उहाँको अभिव्यक्ति धेरैलाई सकारात्मक लाग्यो । तर, जब धरहराको स्केच सार्वजनिक भयो, तब भने धेरैले अनुमानभन्दा भिन्न स्केच देखे । भूकम्पले भत्काएको धरहरालाई जस्ताको तस्तै राखेर त्यही स्वरूपको नयाँ बनाउनेगरी स्केच वा नक्सा तयार भएपछि विवाद सुरु भयो । किनकि बनाउन लागिएको नयाँ संरचनालाई धरहराको नाम दिइए पनि त्यो आधुनिक भ्युटावरभन्दा फरक थिएन ।
á ‘मेरो धरहरा ः म बनाउँछु’ अभियान थालेको एकवर्षपछि नक्सा बनेको थियो । कन्सल्टेन्ट कम्पनी एमआरबी एसोसिएट जेबीले तयार गरेको स्केच पुरातŒव विभागलाई २०७३ चैतमा हस्तान्तरण गरेको थियो । ४२ रोपनी क्षेत्रफलमा बनेको नयाँ धरहराको उचाइ दुई सय ४५ फिट अग्लो तथा लिफ्टबाट जाने गरी ११ तले थियो । त्यस्तै दुई हजार ७० वटा गाडी पार्किङ गर्न सकिने तीन तले अत्याधुनिक पार्किङ र अत्याधुनिक र सुविधासम्पन्‍न संग्रहालयसमेत बनाउने योजना थियो । जब कि पुरानो धरहराको उचाइ ६१.८८ मिटर (२०३ फिट) थियो । धरहराभित्र २१३ सिंढी र बाहिर २५ सिंढी थिए । धरहराको १८८ सिंढी उक्लेपछि बार्दली आउँथ्यो । नवनिर्मित धरहराले गोश्वारा हुलाक कार्यालय र टक्सार कार्यालय रहेको क्षेत्रलाई समेत समेट्यो ।
नक्सा तयार भएको दुई वर्षपछि मात्रै निर्माण सुरु गर्न शिलान्यास भयो । २०७५ पुस १२ गते प्रधानमन्त्री केपी ओलीले धरहराको शिलान्यास गर्नुभएको थियो । त्यस समय पनि विवाद उब्जिएपछि ओलीले शिलान्यास कार्यक्रममा भन्नुभएको थियो, ‘हामीले विज्ञसँग छलफल गरी बनाउन लागेको हो । देशमा अब विकासको लहर लागेको छ । हाम्रा निर्माणका काममा आधुनिकता टल्कनुपर्छ । यसमा कि सघाउनु, सघाउन नसके चुप लाग्‍नु ।’

á नयाँ ‘भ्युटावर’को गुणगान
अहिले बन्दै गएको नयाँ धरहराको कुल लागत तीन अर्ब ४५ करोड रुपियाँ छ । साइजमा ठूलो, उचाइमा अग्लो भएपछि यो त ‘भ्युटावर’ हो । काठमाडौँमा यो क्रङ्किटको भ्युटावर अनुपयुक्त रहेको ठहर गर्नेहरू पनि छन् । केही व्यक्तिको मत अनुसार ग्रेटर टँुडिखेलको एउटा अंशका रूपमा यसलाई विकसित गर्न सकिन्थ्यो । किनकि भूकम्पले हामीलाई खुला ठाउँको महŒव कति छ भनेर बुझाइदिएको थियो । त्यसलाई केबल पार्कको रूपमा विकास गरेको भए हुने थियो भन्ने मत राख्ने पनि छन् ।
अप्रिल २०१५ मा ७.८ म्याग्निच्युडको भूकम्पले नेपालको राजधानी काठमाडौँमा धेरै संरचना ध्वस्त पा¥यो । उक्त भूकम्पमा टावर अधिकांश रूपमामा ध्वस्त भयो र धरहराको आधार मात्र बाँकी रह्यो । टावरको पुनःनिर्माण अक्टुबर २०१८ मा सुरू भयो । जेहोस् यो बाहिरबाट ११ तलाजस्तो देखिनेछ तर यसमा २२ तला हुनेछन् । नयाँ धरहरा पहिलेको भन्दा फराकिलो हुनेछ । यसले ४२ रोपनी जग्गा ओगटेको छ ।

(लेखक निजी क्षेत्रसँग आबद्ध हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?