प्रदिप्नराज पन्त
दुई पक्षको युद्धमा विजय पराजय स्वाभाविक हो । युद्धको परिणामले युद्धरत पक्षलाई मात्र होइन संसारभरकै मानिसलाई प्रभाव पर्छ । युद्ध, द्वन्द्व या सशस्त्र सङघर्षको परिणामले आर्थिक विकासको गतिलाई अवरोध पु¥याउँछ जसको कारणले कार्बन उत्र्सजनमा कमी ल्याउँछ र कल्पना नै गर्न नसकिने किसिमको क्षति जलवायुमा पु-याउँछ ।
युद्धको कारणले हुने पर्यावरणीय र सामाजिक परिवर्तनले हरित गृह (ग्रिन हाउस) उत्सर्जनको नयाँ र महìवपूर्ण स्रोत बनाउन सक्छ । प्रायः युद्धमा पर्यावरणसँग सम्बन्धित राष्ट्रिय अन्तर्राष्ट्रिय नियम कानुन र आचारसंहिता पनि पालन भएको देखिँदैन । युद्धमा विजय महìवपूर्ण हो भन्ने मानसिकताबाट प्रेरित भएर पर्यावरणीय विश्वव्यापी नियमसमेत युद्धरत पक्षले पालना नगर्दा प्रदूषणकारी तìवको बढवा हुँदा मानवजगत्मा प्रभाव पारेको छ । अहिले रुस युक्रेनको युद्धमा प्रायः पर्यावरणसम्बन्धी संस्था निस्क्रिय हुन पुगेको आभास भएको छ । ती संस्थाले निर्माण गरेका आचारसंहिता समेत पालना भएका छैनन् ।
रुस युक्रेन युद्धमा मानव बस्तीमा समेत बमगोला प्रयोग भएको र हालै दक्षिण पूर्वी युक्रेनको जापोरोज्जियन परमाणु ऊर्जा संयन्त्रको विनाश वातावरणीय दृष्टिकोणले खतरनाक भएको अनुमान गरिएको छ । हुन त जापोरोज्जियन परमाणु ऊर्जा संयन्त्रको विनाशको पूर्ण जानकारी अहिले आइसकेको छैन तर त्यो संयन्त्र कब्जा गर्न ठूलै युद्ध भएको अनुमान गरिएको छ । यो परमाणु संयन्त्रमा जे भएको भए पनि अहिलेको युद्धले ग्लोबल वारमिङको दीर्घकालीन खतरा पृथ्वीमा मडारिइसकेको अनुमान सहज तरिकाले गर्न सकिन्छ ।
संवेदनशील
जलवायु संवेदनशील भनेका ती देश पनि हुन् जो जलवायु परिवर्तनबाट प्रभावित भएका छन् । अफ्रिकी महादेश दक्षिण अमेरिकासम्म जताततै जलवायु परिवर्तनको असाधारण प्रभाव परेको देखिन्छ । विकासशील देशका लागि पानीको कमी र खाद्य असुरक्षा तीव्र बढेको देखिन्छ । यसका साथै कोभिड भ्याक्सिनको असमानताले गर्दा गहिरिएको आर्थिक सङ्कट पनि जलवायु परिवर्तनको कारण बनेको छ तर युद्धरत देशमा जलवायु परिवर्तनको बढी जोखिम हुनु स्वाभाविक हो ।
युद्ध कहाँ कसरी लडिएको छ र युद्धको तीव्रताका बारेमा विस्तृत जानकारी प्राप्त भइसकेपछि मात्र प्रत्यक्ष उत्र्सजनको बारेमा स्पष्ट आकलन गर्न सकिन्छ । प्रत्यक्ष उत्सर्जन बारेमा जानकारी प्राप्त गरिसकेपछि मात्र अप्रत्यक्ष प्रभावको आकलन गर्न सकिन्छ । रुस युक्रेन युद्धको प्रत्यक्ष प्रभावको लेखाजोखा अहिले नै गर्न सम्भव देखिँदैन तर रुस युक्रेन युद्धले जलवायु परिवर्तनमा ल्याउन सक्ने प्रभावको बारेमा अनुमान भने गर्न सकिन्छ ।
लडाइँमा अक्सर तेल उत्पादन भण्डारण र परिवहनमा व्यापक क्षति पु¥याउने प्रयास विगतका युद्ध कोलम्बिया, सिरिया, लिविया, इराकमा भएको थियो । सन् १९९१ मा खाडी युद्धमा तेलमा लगाइएको आगोले वैश्विक जीवाश्म इन्धन कार्बनडाइअक्साइड उत्सर्जनमा दुई प्रतिशतको योगदान गरेको ‘कार्बनडाइअक्साइड इन्फरमेसन एनालाइसिस सेन्टर फर कुबेत फाएर्स’ मा जनाइएको छ ।
युद्धबाट वनस्पति प्नि प्रभावित हुन्छन् र वनस्पतिको विनाश पनि युद्धको लक्ष्य हुन्छ । भियतनाम कम्बोडिया र लाओसमा १४ देखि ४४ प्रतिशतसम्म जङ्गल समाप्त भएको थियो । यसको साथै यान्त्रिक निकासी र आवासलाई लिएर शत्रु पक्षसँग बच्न जङ्गलको प्रयोग गरिन्छ । नेपालमा पनि द्वन्द्वकालमा जङ्गलको प्रयोग भएको थियो तर यसबाट कति जङ्गली जनावरको क्षति भयो, कति वनस्पति र जङ्गल क्षेत्रको विनाश भयो भन्ने विस्तृत अनुसन्धान भएको देखिँदैन तर द्वन्द्वले जङ्गल क्षेत्र कल्पना गर्न नसकिने हिसाबमा विनाश भएको हुन्छ र कतिपय जीवको समाप्ति समेत भएको हुन्छ । हालै नार्गोना कारागाखमा जङ्गललाई जलाइएको छ र ड्रोनको सहायताले उत्तर पूर्व सिरियामा सम्पूर्ण फसलहरू जलाइएको छ भने इजरायलको संरक्षित क्षेत्रमा आगो लगाइने चङ्गा (इन्सेन्डरी काइटस) बाट भिषण आगो लगाइएको थियोे ।
अन्तरसम्बन्ध
द्वन्द्व र वातावरण प्रदूषण एकआपसमा सम्बन्धित छन् । द्वन्द्वले जलवायुमा परिवर्तन ल्याउँछ र जलवायु परिवर्तनले द्वन्द्व जन्माउँछ । जलवायु परिवर्तन र द्वन्द्वको बीचको अन्तरसम्बन्धको बारेमा सन् २०१९ मा भएको अनुसन्धानअनुसार तीव्र जलवायु परिवर्तनको कारणले देशभित्र हिंस्रक सशस्त्र सङ्घर्षको जोखिम बढाउँछ । अनुसन्धानकर्ताको अनुसार जलवायु परिवर्तनको कारणलले गत शताब्दीमा सशस्त्र सङ्घर्षको जोखिममा ३ देखि २० प्रतिशतसम्मको योगदान ग¥यो । अध्ययनको निष्कर्ष के रह्यो भने यदि वैश्विक उत्सर्जन दर कम गरिएन भने जलवायु प्रेरित हिंसाको घटना पाँच गुनाले ज्यादा हुने निक्र्योल छ ।
मानवीय गतिविधिले वातावरणमा के प्रभाव पार्छ भन्ने कुराको आकलन गरिए पनि वातावरणमा आउने प्रभावले मानवीय आचरण व्यवहारमा कस्तो परिवर्तन आउँछ भन्ने बारेमा कमै अध्ययन अनुसन्धान भएको छ । यसैले मानिसले प्रविधिको प्रयोगमा समेत विशेष ध्यान पु-याउन जरुरी छ । प्रविधिप्रति उदासीनता भयो या समयसापेक्ष प्रविधि प्रयोग गर्न सकिएन भने त्यसले भयानक परिणाम निम्त्याउन सक्छ ।
२०११ को कठोर सुक्खा खडेरी नै सिरियामा गृहयद्धको कारण बन्यो । उष्ण प्रदेशीय पूर्वी अफ्रिका सोमालिया र केन्याको बीच प्राकृतिक संसाधनका लागि नै सङ्घर्ष भइरहेको छ । बढ्दो समुद्री सतहले दक्षिण पूर्व एसियामा भविष्यमा शरणार्थी सङ्कट निम्त्याउने निश्चित छ ।
आर्कटिकमा पग्लिदै गरेको समुद्री बरफले नयाँ समुद्री मार्ग नौवहन मार्ग (सिपिङ लेन) बनाउँदैछ जसले गर्दा शक्तिशाली मुलुकको बीच तनावको नयाँ सम्भावना र स्वरूप विकास हुन लागेको आभास हुँदैछ । हुन त वातावरण आएको प्रभावले मानिसमा चिन्ता बढाएको कुनै नौलो कुरा होइन । यिनीहरूमध्ये कतिलाई मानिसले पहिल्यै अनुभव गरिसकेका थिए भने कतिपय प्रभाव भविष्यका लागि पूर्वानुमान गरेका थिए । तैपनि जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षासँग जोडेर गहिरो अनसन्धान भएन र तदनुरूप क्रियाकलाप अगाडि बढाइएन भने भविष्यमा गम्भीर सङ्कट आउने निश्चित छ ।
चिन्ता
जलवायु परिवर्तनको चिन्तालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय स्तरमा नै प्रयास गर्नुपर्ने हुन्छ, विडम्बना के छ भने जलवायु परिवर्तनका लागि जुन देश अधिक जिम्मेवार छन् उनीहरूले उत्सर्जनको प्रभावको जिम्मेवारी लिएको देखिँदैन भने जसले उत्सर्जनमा कम भूमिका निभाएका छन् उनीहरू यो विनाशकारी प्रभावको कम गराउन अग्रिम पङ्क्तिमा खटेको देखिन्छ । यो एक मौलिक असमानता र अन्याय हो र यो वैश्विक जलवायु सङ्कटमा गहिरिएको छ ।
हुन त वातावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय नीति कानुन निर्धारण गरिएको छ तैपनि सङ्घर्ष प्रभावित राज्यहरूले अन्तर्राष्ट्रिय प्रक्रिया र परियोजनामा भाग लिएको देखिँदैन । युनाइटेड नेसन फ्रेमवर्क कन्भेन्सन फर क्लाइमेट चेन्ज (युएनएफसीसी) का अनुसार सिरिया लिब्याजस्ता देशहरूले वार्षिक प्रतिवेदनसमेत बुझाएका छैनन् । दक्षिण सुडान, इराक इरिट्रिया, यमन लिब्या आदि देशले पेरिस सम्झौता अनुमोदन गरेको छैनन् ।
संयुक्त राज्य अमेरिका, साउदी अरेबिया र रुस ग्रिन हाउस ग्यास बिक्री कारोबार गर्ने विश्वका शीर्ष तीन देश हुन् । विश्वको अर्थ व्यवस्था पनि दैनिक जीवनको आवश्यकताको रूपमा ऊर्जामाथि अधिकभन्दा अधिक निर्भर रहेको देखिन्छ । यसकारण ऊर्जाको अधिक विश्वसनीय र किफायती स्रोतको आवश्यकता देखिन्छ । विश्लेषकका अनुसार यी तीनै देश चाहन्छन् कि विश्व उनीहरूको उत्पादनमाथि निर्भरता बढाउन तर यो सबैको दीर्घकालीन हितमा भने नहुने अनुसन्धानले देखाएको छ ।
जीवाश्म इन्धन निष्कर्षण र जलनले हुने पर्यावरणीय क्षतिलाई अलग गरेर हेर्ने हो भने पनि इन्धन आपूर्तिको अस्थिरता मूल्यमा हुने उतारचढावलाई विश्व अर्थ व्यवस्थामा समेत समस्याग्रस्त संसाधनका रूपमा हेर्न थालिएको छ ।
ग्रिन हाउस ग्यास कम गर्ने प्रयास एक पिँढीबाट अर्को पिँढीसम्म चल्ने प्रक्रिया हो र अल्प समयमा नै यसको समाधान गर्न सकिन्न । प्रदूषणको अन्य रूपको जीवाश्म इन्धनबाट कार्बन डाइअक्साइड र कृषि अपशिष्टबाट निक्लने मिथेनले नेपालको अर्थ व्यवस्थालाई समेत गहिरोसँग प्रभाव पार्ने स्पष्ट छ । यो प्रदूषण कम गर्न समय त लाग्छ तर प्रयास भने द्रुतगतिमा हुन जरुरी छ ।
यसै सन्दर्भमा युक्रेनमा बढ्दो सन्त्रासप्रति ध्यान दिन पनि उचित हुन्छ । पर्यावरणीय स्थिरताका लागि रुसलगायत सबै देशका वैज्ञानिकले वास्तविक दुनियाँ र पृथ्वीको भलाइका लागि सम्मान गर्न लगाउन राजनेतालाई दबाब दिन सक्नुपर्छ र विश्वले पनि प्रयास गर्न जरुरी छ । कुनै पनि देशको राजनीतिक एजेन्डामा अरू सबै मुद्दाको तुलनामा युद्धलाई अवैध बनाउने वैश्विक प्रयास अधिक महìवपूर्ण हुन्छ ।
अहिले युक्रेनमा पीडाको दृश्य हृदयविदारक छ । प्रत्येक चारमध्ये एक व्यक्ति देशभित्रै या बाहिर शरणार्थी बन्न पुगेका छन् । यो मानवीय सङ्कटले पर्यावरणमा पनि कहालीलाग्दो प्रभाव छोड्नेछ जुन अहिलेको विश्वको सबैभन्दा बढी चिन्ताको विषय भएको छ, यसकारण वैश्विक पर्यावरण संरक्षणका लागि पनि युद्ध रोकिन जरुरी छ ।