अवसरबीच भारतबाट अर्घेल्याइँ
गोरखापत्र अनलाइन ,
श्रावण १२, २०७७ सोमबार
नेपाल र भारतको सम्बन्धमा अनेक आयाम र मोड छन् । दुई देशबीचको सम्बन्ध बहुआयामिक छ । यस्तो सम्बन्ध कुनै पार्टी, नेता वा कुनै व्यक्तिले बनाएको भन्दा पनि संस्कृति, सभ्यता, इतिहास धर्म, परम्पराको सम्बन्ध हो ।
हाम्रो सम्बन्ध खुला सिमाना, परिवेश, धर्म संस्कृति परम्परा, व्यक्ति व्यक्तिको स्पन्दनमा जोडिएको छ । जहाँ प्रगाढ सम्बन्ध हुन्छ, त्यहाँ कहिलेकाहीँ तनाव हुन्छ । हाम्रै घरपरिवारमा पनि कहिलेकाहीँ तनाव हुन्छ । त्यो स्वाभाविक...