कपिलवस्तुमा झाडापखालाकाे प्रकाेप , दुईजनाको मृत्यु
गोरखापत्र अनलाइन
आश्विन १९, २०७८ मंगलवार
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा सोमबार रातिदेखि प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । झाडा पखालाको कारणले वडा नं. ९ वहादुरगन्जमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीय को राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेको स्थानीय मनिष गुप्ताले बताउनुभयो ।