मध्यरातमा मदिरा खाएको र हातमा लठ्ठी बाेकेकाे देखेपछि ढोका लगाएँ
गोरखापत्र अनलाइन ,
जेष्ठ २७, २०७७ मंगलवार
रुपन्देहीको तिलोत्तमा नगरपालिका -१०, मैनहियामा सोमबार सामूहिक हत्या भएको फर्ममा त्यो रात आठ जना बसेका थिए । पाँच जनाको हत्या भए पनि दुई जना भने संयोगले बाँच्नुभयाे । उहाँहरू हनुहुन्छ, मृतक माधव मुसहरका सात वर्षीय छोरा अर्जुन मुसहर र करिब १९ वर्षीया साली बोलरी मुसहर । सोही रात त्यहाँ रहेका अर्का व्यक्ति झसेन्द्र सिञ्जाली भने हत्या आरोपमा पक्राउ परेका छन् ।