दीप र स्वेच्छाको जोडी पहिलो
गोरखापत्र अनलाइन
पुष १, २०७८ बिहीबार
नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी प्रथम नेपाल एपीएम कप खुला टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार पहिलो हुनुभएको छ । भैसेपाटीमा भएको फाइनलमा दीप र स्वेच्छाको जोडीले नेपाल प्रहरीका श्यान्टू श्रेष्ठ र मन्जु सुवालको जोडीलाई ७–११, ९–११, ११–३, १२–१०, ११–४ को सेटमा हराउनुभयो ।