आर्मेनियाका प्रधानमन्त्री कोरोनाभाइरसमुक्त, सुरक्षा प्रमुखहरू बर्खास्त
रासस / एएनआई
जेष्ठ २७, २०७७ मंगलवार
प्रधानमन्त्री पाशिनयानले मुलुकका तीनै सुरक्षा प्रमुखहरुलाई कोरोना सङ्क्रमण नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप लगाउँदै पदबाट बर्खास्त गर्नु भएको छ ।
बर्खास्तमा परेकाहरुमा सेना, प्रहरी र राष्ट्रिय सुरक्षा सेवाका प्रमुखहरु रहेका छन् ।