चीनको ताक्लाकोटमा रहेका हुम्लावासीद्वारा उद्वारका लागि आग्रह
गोरखापत्र अनलाइन
फाल्गुन २७, २०७६ मंगलवार
कामको शिलशिलामा चीनको ताक्लाकोटमा रहदै आउनु भएको हुम्लावासी व्यापारी तथा कामदारहरुले नेपालका सबै तहका सरकारसँग आफ्नो नेपालमा उद्धारका लागि आग्रह गर्नु भएको छ ।
चीनबाट सुरुवात भएको बिश्वलाई सन्त्रासमा फैलाई रहेको कोभिड कोरोना भाइसरको सम्भावित सर्न सक्ने जोखिमको डरले ताक्लाकोटमा रहनु भएका हुम्लाका कामदार तथा व्यावसायीहरुले उद्धारको लागि पहल गर्न आग्रह गर्नु भएको हो ।