‘सिनो हाइड्रो’ मा कोरोना उच्च सतर्कता, कोही कामदार बिरामी छैनन्
गोरखापत्र अनलाइन
फाल्गुन २१, २०७६ बुधबार
चीनमा कोरोना भाइरस (कोभिड–१९)संक्रमण फैलिएपछि नेपालस्थित चिनियाँ कम्पनी तथा आयोजनामा उच्च सतर्कता अपनाइएको छ ।
लमजुङको मस्र्याङदी गाउँपालिका ७ र ८ भुलभुले क्षेत्रमा निर्माण गरिएको ५० मेगावाटको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत आयोजनामा उच्च सतर्कता अपनाइएको हो । सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिडेद्वारा ३ बर्षअघि निर्मित आयोजनाको विद्युतगृह, बाँध क्षेत्र, साइट अफिसमा बाहिरी व्यक्तिलाई प्रवेश निषेध गरिएको...