लाेग्नेले छाडेकाे ३८ वर्ष भयाे, न अंश पाइन न वंशले हेरे
गोरखापत्र अनलाइन
फाल्गुन २५, २०७६ आईतवार
“श्रीमान् बैङ्कका मेनेजर हुनुहुन्थ्यो । सुकिलो घर थियो । विवाहपछि दुई छोरा जन्मे । तर, यो खुशी लामो समय टिकेन । २०३८ सालमा श्रीमानले दोश्रो विवाह गरे । श्रीमानले छोडे पनि छोराहरुले बुढेसकालमा सहारा दिने आशा थियो । दुई छोरा हुर्काएर ठूलो भए । छोराहरुको मानसिक अवस्था बिग्रेपछि घर परिवार र गाउँलेले देउता रिसाएको भनेका छन् । बस्ने घर छैन । आफ्नो नाममा जग्गा जमिन पनि केही छैन । म कहाँ जाऊ ? म दुःखीको कहाँ होला घर ?”