वैदेशिक सहायता र एमसीसीको आवश्यकता
गोरखापत्र अनलाइन ,
माघ ९, २०७६ बिहीबार
वि. सं. २०१३ मा निर्माण गरी पाँच वर्षसम्म लागू गरिएको पहिलो पञ्चवर्षीय योजना (२०१३–२०१८) को कुल बजेट ५८ करोडको हाराहारीमा थियो । नेपालको विकासमा वैदेशिक सहयोगको इतिहास दोस्रो विश्वयुद्धपछि सुरु हुन्छ । सन् १९४७ मा कूटनीतिक सम्बन्धको शुरुवातसँगै विदेशी सहयोगको सुरुवात भएको हो । सुरुआती चरणमा ५५ प्रतिशतभन्दा बढी विकास बजेट वैदेशिक सहयोगबाट हुने गरेको थियो । हालको समयसम्म आइपुग्दा औसत वैदेशिक सहयोग राष्ट्रिय कुल...