लोप हुँदै होली संस्कृति, विकृत हुँदै हाेली गीत
गोरखापत्र अनलाइन
फाल्गुन २८, २०७८ शनिबार
सामाजिक सदभाव र माधुर्यता झल्काउने होली पर्वमा अश्लिल भोजपुरी गीत र विकृत क्रियाकलापले माधुर्यता र प्रेमभाव झल्काउने पौराणिक संस्कार र गीत लोप हुँदै गइरहेको छ । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईका गाउँ, घर, टोल, छिमेकमा गाइने माधुर्यता र प्रेमभावपूर्ण होली गीत गाउने मानिसको अभावका कारण लोप हुँदै गइरहेको छ ।