फुलजोर खोलाको पुल निर्माण अन्तिम चरणमा
गोरखापत्र अनलाइन
फाल्गुन ९, २०७८ सोमबार
सर्लाहीको फुलजोर खोलामा निर्माण भइरहेको पुलको काम अन्तिम चरणमा पुगेको छ । लालबन्दी नगरपालिका –३, जब्दी र ईश्वरपुर नगरपालिका –९, रामपुर जोड्नेगरी फुलजोर खोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको ईश्वरपुर नगरपालिका –९, का वडाध्यक्ष श्यामबहादुर थापाले जानकारी दिनुभयो ।