हात्तीको त्रासले स्थानीयहरु रातभर जाग्राममा
गोरखापत्र अनलाइन
फाल्गुन १२, २०७८ बिहीबार
धनुषाको मिथिला नगरपालिका –४, पुष्पवलपुरस्थित मानववस्तीमा रातीको समयमा जङ्गलबाट आई दुःख दिन थालेको स्थानीयको भनाई छ । जङ्गल नजिकै रहेको धामीटोल, चौकीटोल, मिजारटोल र डाँडाटोलमा राती हात्ती पसेर घर भत्काएर घरभित्र भएको अन्नपात खाइदिन थालेपछि स्थानीय वासिन्दा रातभर जाग्राम बस्न थालेका छन् ।