रैथाने क्लबका फिरन्ते खेलाडी
गाेविन्द रेग्मी
फाल्गुन १९, २०७८ बिहीबार
नेपाली फुटबल विकासको आधार मानिएको शहिद स्मारक ‘ए’ डिभिजन लिग भर्खर सकिएको छ। काठमाडौँको रैथाले क्लब मच्छिन्द्रलाई लगातार दोस्रो वर्ष च्याम्पियन बनाउँदै लिगले विश्राम पाएको थियो। लिग सकेर क्लबहरु आफ्ना खेलाडीको निखारता प्रदर्शन गर्न मोफसलमा आयोजना हुने गोल्डकपको तयारीमा थिए। अधिकांश क्लबले अनुबन्ध गरेका खेलाडीको साथमा मोफसलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने सोच बनाएका थिए।