खेलकुदलाई अतिरिक्त होइन, शिक्षाको मूल विषय बनाइन्छ : मन्त्रालय
रासस
फाल्गुन १४, २०७८ शनिबार
खेलकुदलाई अतिरिक्त क्रियाकलाप मात्र भन्ने बुझाई, सोच र चिन्तनमा ठूलो परिवर्तनको खाँचो औँल्याइएको छ । खेलकुदलाई अब शिक्षाको मूल विषय बनाएर आयआर्जनसँग जोड्न र व्यावसायिकततातर्फ उन्मुख गराउन पर्ने टड्कारो आवश्यकता देखिएको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सरकार, समाज, विद्यालय र घरपरिवारमै खेलकुदप्रतिको बुझाइ, सोच र व्यवहारमा परिवर्तनको खाँचो औँल्याउनुभयो ।
राष्ट्रको इज्जत, प्रतिष्ठा र...