गौरिकाको दोस्रो स्वर्णपदक सँगै नेपाललाई ४१ स्वर्ण
गोरखापत्र अनलाइन ,
मंसिर २०, २०७६ शुक्रबार
सागको छैठौं दिन नेपालले गल्फमा दुई, एथ्लेटिक्स, भारत्तोलन र पौडीमा एक एक गरी पाँच स्वर्ण जित्यो । सागको तेह्रौं संस्करणमा नेपालले हालसम्म कुल ११६ पदक प्राप्त गरेको छ ।