वंशावली पनि अब संरक्षित हुने
नारायण काफ्ले
असार १२, २०७७ शुक्रबार
सरकारले वंशावली, सनद तथा भूमि सम्बन्धी तमसुक समेतलाई ऐतिहासिक दस्तावेजका रूपमा संरक्षण गर्नेगरी अभिलेख संरक्षण ऐन संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । विधेयक बुधबार राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको हो ।
यसअघि प्रचलितभन्दा धेरै दस्तावेज संरक्षण गर्नेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विधेयक संसद्मा दर्ता गरेको हो । राष्ट्रिय दृष्टिकोणले महìवपूर्ण कागजात संरक्षण गर्न सुरक्षित तरिकाले राख्न...