सुरक्षण मुद्रण स्थापनासम्बन्धी विधेयक संसद्मा
नारायण काफ्ले
असार २६, २०७७ शुक्रबार
सरकारले स्वदेशमै सुरक्षित, भरपर्दो र गुणस्तरीय मुद्रण केन्द्र स्थापनाका लागि सुरक्षण मुद्रणसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका तर्फबाट बिहीबार राष्ट्रिय सभा सचिवालयमा विधेयक दर्ता गरिएको हो ।
प्रस्तावित विधेयकअनुसार सुरक्षण मुद्रण सञ्चालनमा आएपछि नागरिकता, राहदानी, बैङ्क नोट अनिवार्य रूपमा केन्द्रमार्फत छपाइ गर्नुुपर्नेछ ।