अदालतमा आंशिक सेवा विस्तार
नारायण काफ्ले
चैत्र २९, २०७६ शनिबार
देशभरका अदालतको आंशिक सेवा विस्तार गरिएको छ । नियमित मुद्दाको सुनुवाइ बाहेकका अन्य सेवा क्रमशः विस्तार गर्ने योजना अनुसार शुक्रबारदेखि म्याद थप गर्ने, अभियोगपत्र दर्ता, पक्राउ परी आएका अभियुक्तको बयान लिने, थुनछेक आदेश सम्मका सेवा विस्तार गरिएको छ ।