सप्तरीमा संक्रमित बसोबास गरेको बस्तिका ३६२ जनाको स्वाब संकलन
गोरखापत्र अनलाइन
बैशाख १५, २०७७ सोमबार
पछिल्लो दुई दिन यता सप्तरीमा पीसीआर परीक्षणका लागि जमातीसहित ३१५ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यससँगै जिल्लामा ३६२ जनाको स्वाब संकलन भएको छ । सो मध्ये २६८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ भने त्यसअघि अन्य ४७ जनाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना संक्रमितको यात्रा बृतान्त सप्तरीको बोदेबरसाइन नगरपालिका ५ जाँजर स्थित गत फागुन ३–५ गते...