कोरोना अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण
गोरखापत्र अनलाइन
बैशाख ३, २०७७ बुधबार
कोरोना विशेष (अस्थायी) अस्पताल भरतपुरको ब्यवस्थापन भरतपुर अस्पतालले सुरु गरेको छ । भरतपुर महानगरपालिकाको समन्वयमा विभिन्न सङ्घसंस्थाहरुको पहलमा गत चैत ७ गतेबाट कोरोना अस्थायी अस्पताल सञ्चालन गरिएको हो ।