logo
२०८१ मंसिर ८ शनिवार



स्वास्थ्य र मानव विकास सचेतना

विचार/दृष्टिकोण |




सुदर्शन पौडेल


अक्टोबर महिना स्वास्थ्य र मानव विकासका दृष्टिकोणले विशेष महिनाका रुपमा मनाइन्छ । यस महिनामा स्वास्थ्य र मानव विकाससँग सम्बन्धित थुप्रै कार्यक्रम विश्वव्यापीरुपमा मनाइन्छ । यो लेख मार्फत तिनै विभिन्न महोत्सवको चर्चा गर्न खोजिएको छ ।

विश्व मानसिक स्वास्थ्य दिवस (अक्टोबर १०)
सबैको लागि मानसिक उपचार सेवा नाराका साथ यो वर्षको मानसिक स्वास्थ्य दिवस मनाइयो । यस अवसरमा मानसिक समस्याको पहिचान, यसको कारण र सम्भाव्य निवारणका सम्बन्धमा जनचेतना जगाउने, बढ्दो आत्महत्या वा आत्महत्या गर्ने विचारलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ गतिविधि सञ्चालन गरिए । यो दिवस विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा विभिन्न निकायको प्रायोजन र सम्बन्धित सरकारहरुको आयोजनामा विश्वभरी मनाइने गरिन्छ ।

अन्तर्राष्ट्रिय प्रकोप न्यूनीकरण दिवस (अक्टोबर १३)
बढ्दो प्रकृतिक प्रकोपका कारण मानवीय तथा भौतिक क्षति बढ्दै गएको अवस्थामा व्यापक जनचेतना जगाउनेलगायत राज्य तथा समुदाय स्तरमा संस्थागत प्रयास गर्ने उद्देश्यले सन १९८९ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले सङ्कल्प प्रस्ताव पास गरेको स्मरणमा यो दिवस मनाउन थालिएको हो । पछिल्लो समयमा प्राकृतिक प्रकोपका घटनामा वृद्धि भएसँगै यसले विश्वलाई असुरक्षित बनाइहेको र त्यसको मुख्य जिम्मेवार विकासका नाममा सञ्चालित परियोजना र अन्य गतिविधि भएको कारण दिगो विकासका सम्बन्धमा जनचेतना जगाउने र राज्य तथा नागरिकको तहबाट प्रयास गर्ने यो दिवसको हो ।

विश्व दृष्टि दिवस (अक्टोबरको दोस्रो बिहीबार)
जीवनकालमा सबै मानिसले आँखाको समस्या भोग्छन् तर त्यस्तो समस्याले व्यक्तिको गुणस्तरीय जीवनयापनमा कत्तिको असर पार्दछ भन्ने कुराले धेरै महŒव राख्छ । आँखा निकै संवेदनशील अङ्ग हुने भएको हँुदा यसको रक्षाका लागि व्यक्तिलाई सचेत पार्ने उद्देश्यले अक्टोबरको दोस्रो बिहीबार (यो वर्ष १४ तारिख) लाई विश्व नेत्रज्योति दिवसको रुपमा मनाइन्छ । यस क्रममा विश्वभरि लाखौँको सङ्ख्यामा आँखाको परीक्षण गरिनेछ । त्यसमा कुनै पेशा व्यवसाय वा रोगसँंग सम्बन्धित व्यक्तिलाई लक्षित गरी आँखाको हेरचाहमा कार्यक्रम सञ्चालन गरिनेछ ।

मृत्यु भएका गर्भवती, नवशिशुको स्मरण (अक्टोबर १५)
गर्भाधानदेखि एक वर्षको उमेर नपुग्दै मरेका शिशुहरुको स्मृतिमा कार्यक्रम गर्ने प्रचलन बढ्दो छ । सन् २००६ मा अमेरिकाको सङ्घीय अदालतले यस सम्बन्धमा परेको मुद्दाको फैसला गर्दै यस्तो नियति अरु आमा र शिशुले भोग्नु नपरोस् भन्नका लागि राज्यको तर्फबाट पर्याप्त कार्यक्रम ल्याउन निर्देशन दिएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । यस अवसरमा शिशु गुमाएका आमाहरुलाई सान्त्वना दिनुका साथै यस सम्बन्धमा सर्वसाधारणमा जनचेतना जगाउने गरिन्छ ।

विश्व हात धुने दिवस (अक्टोबर १५)
विश्वमा हात धुदा हुने फाइदाका सम्बन्धमा जानकारी प्राप्त भएको करिब दुई शताब्दी हुन लाग्यो । यस बीचमा जनचेतना जगाउने, हातधुन सिकाउने कार्यक्रम सञ्चालन हँुदै आएका छन् तर यसलाई दिवसकै रुपमा मनाउन थालेको भने सन् २००८ देखि मात्र हो । हाल धुनुको फाइदाको सम्बन्धमा आजभन्दा करिब पौने दुई सय वर्ष अघि भियनाका चिकित्सक ईग्नाजले प्रमाणित गरेका थिए । हातको सफाइलाई अस्पतालका साथै अन्य दैनिक जीवनमा पनि उत्तिकै महŒवपूर्ण छ । सङ्क्रामक रोगहरु फैलिनमा फोहोर हातको भूमिका उल्लेख्य हुन्छ । हाल कोभिडको महामारीबाट बच्ने तीन रणनीतिमध्ये साबुन पानीले २० सेकेन्डसम्म मिचिमिचि हात धुन सिकाइयो । हातको सफाइ सधंैभरिलाई
अत्यावश्यक हुन्छ ।

विश्व सेतो छडी सुरक्षा दिवस (अक्टोबर १५)
सेतो छडीले आँखाको दृष्टि कमजोर भएको व्यक्तिलाई बुझाउँछ । यो प्रचलन सन् १९६४ मा अमेरिकाका राष्ट्रपति ल्याण्डन बि.जोन्सनले अमेरिकाका दृष्टि कमजोर भएको व्यक्तिको सम्मानमा थालनी गरेका थिए । सेतो छडी लिएर त्यसको सहारामा आफ्नो दैनिक जीवनयापन गर्न आवश्यक काममा घर बाहिर निस्कने व्यक्तिलाई अरुले सहयोग गर्नुपर्दछ । सहरका पैदलयात्रीका बाटामा अलग्गै सङ्केतसहितको खण्ड देखेका हौला, उक्त व्यवस्था पनि सेतो छडीका प्रयोगकर्तालाई लक्षित गरी निर्माण गरिएको हो । यो दिन मात्र होइन बर्षैभरि अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न प्रेरित गर्ने, त्यस सम्बन्धमा जनचेतना जगाउने काम गरिन्छ ।

विश्व खाद्य दिवस (अक्टोबर १६)
हरेक व्यक्तिलाई उसको आवश्यकता अनुसारको पोषिलो खानाको उपलब्ध हुनुपर्दछ भन्ने मान्यताका साथ यो दिवस मनाइन्छ । सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको मातहतमा खाद्य तथा कृषि सङ्गठनको स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । यसै दिन मनाइने अर्को दिवस हो विश्व एनेसथेसिया डे । सन् १८४६मा डाइथाइल इथर एनेस्थेसियाको सफल प्रयोग भएको स्मरणमा यो दिवस मनाउन थालिएको हो । यस दिन मनाइने अर्को दिवस हो विश्व मेरुदण्ड दिवस । विश्वमा बढ्दो मेरुदण्डका रोग वा समस्याका सम्बन्धमा नीति निर्माता, सरोकारवाला र बिरामीलाई सचेत बनाउने यो दिवसको सान्दर्भिकता हो ।

अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस (अक्टोबर १७)
संयुक्त राष्ट्रसङ्घको प्रयासमा सन १९४८ मानव अधिकारको घोषणापत्र जारी गरेको भए पनि हरेक बर्ष लाखौँका सङ्ख्यामा मानिस गरिबी, हिंसा, भोकमरीका कारण मारिदै आएकोमा सन् १९८७ मा फ्रान्समा अधिकारकर्मीहरुको विश्व भेलाले यस्ता गैरन्यायिक हत्याको कारण गरिबी भएको र त्यसको निवारण गर्नुपर्ने प्रतिबद्धता गरियो । पछि संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ डिसेम्बर २२ मा अनुमोदन गरी नियमित कार्यक्रमको रुपमा ल्याएको छ ।

विश्व विकास सूचना दिवस (अक्टोबर २४)
संयुक्त राष्ट्रसङ्घको महासभाले (सन् १९७२) अक्टोबर २४ लाई विश्व सूचना दिवसको रुपमा विश्वव्यापी मनाउने निर्णय ग¥यो । यस दिनमा समाज, राष्ट्र वा अन्तर्राष्ट्रिय स्तरमा विकासका अवधारणाका सम्बन्धमा छलफल गर्ने, सहयोगको आदानप्रदान गर्ने, हरेक तह र वर्गका मानिसको धारणा सुन्ने, विकासको मुद्दालाई आम मानिसको पहुँचमा पु¥याउने, सहभागिता सुनिश्चित गर्न र पारदर्शिता कायम गर्न यो दिवसको सान्दर्भिक छ । यो दिन संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस हो ।

विश्व अकुपेसन थेरापी दिवस (अक्टोबर २७)
पेशा व्यवसायमा आबद्ध भएको कारण स्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्ने (परामर्श, पूर्वसावधानी, उपचार, अभ्यास आदि) को लागि तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मीको सेवालाई उच्च कदर गर्दै र यस सम्बन्धमा जनमानसमा सचेतना जगाउने उद्देश्यले सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । यस दिन विश्वभरिका अकुपेसन थेरापिष्टहरुको कामको कदर गर्ने, यस सम्बन्धमा जनचेतना जगाउने काम गरिन्छ । स्वास्थ्यका साथै अन्य विकाससंँग सम्बन्धित दिवस पनि यस महिनामा मनाइन्छ । त्यसमा निम्न दिवस उल्लेख्य छन् ।

विश्व हुलाक दिवस (अक्टोबर ९)
सन् १८७४ मा स्वीजरल्याण्डमा विश्व हुलाक महासङ्घ गठन भएको हो । त्यसको सान्दर्भिकता बढ्दै गएको र विश्वभरि हुलाकको स्थापना हुने क्रम बढ्ेसँंगै सन १८६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक महासङ्घको भेलाले पहिलो हुलाक महासङ्घ गठन भएको दिनलाई दिवसका रुपमा मनाउने निर्णय गरेको पाइन्छ । यस दिनमा हुलाकको महत्वका बारेमा प्रचार प्रसार गर्ने, आधुनिक युगमा हुलाकलाई कसरी व्यावसायिक संस्थाको रुपमा विकास गर्न सकिन्छ भन्ने बारेमा चिन्तन गर्ने दिनको रुपमा मनाइन्छ ।

विश्व मापदण्ड दिवस (अक्टोबर १४)
हरेक वस्तु र सेवाको गुणस्तर कायम गर्न सङ्गठित प्रयास गर्ने उद्देश्यले विभिन्न देशका प्रतिनिधिले सन् १९४६ मा लण्डनमा विश्व संस्था स्थापना गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ । विश्वभरी वस्तु र सेवाको गुणस्तर कायम गर्ने सम्बन्धमा नीति नियम र अनुगमन गर्ने, दण्ड सजायको लागि सिफारिस गर्ने, गुणस्तरको प्रमाण चिन्ह दिने आदि जस्ता गतिविधि हँुदै आएका छन् । नेपालमा पनि यससम्बन्धी गतिविधिलाई नियमन गर्ने सरकारी निकाय छ ।

विश्व विद्यार्थी दिवस (अक्टोबर १५)
भारतका वैज्ञानिक, राष्ट्रपति ए.पी.जे.अब्दुल कलामको सम्मानमा उनको जन्मदिनलाई विश्व विद्यार्थी दिवसको रुपमा मनाउन थालिएको हो । यस दिन विद्यालय स्तरमा विभिन्न भाषाभाषी, भिन्न संस्कृति भएका विद्यार्थीबीच एक अर्काका रहनसहन संस्कृतिलाई सम्मान गर्ने दिनको रुपमा मनाइने गरिन्छ ।

अन्तर्राष्ट्रिय कलाकार दिवस (अक्टोबर २५)
यो दिनमा विश्वभरिका गीत, सङ्गीत र नृत्यकर्मीको सम्मानमा मनाइने गरिन्छ । सन् १९५० को दशकमा अमेरिकामा कलाकारको श्रमको शोषण भएको, सुरक्षाको खतरा भएको महसुस गरी विरोधको थालनी हुनथाल्यो । सन १९६१ मा अमेरिका राष्ट्रपति केनेडीले उनीहरुको मागको सुनुवाइ गरे । तलब दिए, ओपेरा र नाटक हल बनाए । त्यसैको सम्झनामा विश्वभरी यो दिवस मनाउन थालिएको हो ।

विश्व इन्टरनेट डे (अक्टोबर २९)
टिउनिसियामा सन् २००५ नोभेम्बरमा आयोजित सूचना समाजको विश्व भेलाले निर्णय गरेबमोजिम यो दिवस मनाउन थालिएको हो । आजकलको जीवनमा इन्टरनेट अत्यावश्यक सेवा भएको छ । यसको प्रयोग शिक्षा, स्वास्थ्यदेखि जीवनका हरेक चरणमा अत्यावश्यक जस्तै भएको छ । यस्तो बहुउपयोगी सेवालाई थप गुणस्तरीय, भरपर्दो र सबैको सहज पुहँचमा पु¥याउन प्रयास गर्ने र सही उपयोग गर्ने सम्बन्धमा जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाइन्छ ।

विश्व सहर दिवस (अक्टोबर ३१)
सन् २०१३ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले विश्व सहर दिवस मनाउने निर्णय गरेको दिनलाई स्मरण गरी सन् २०१४ देखि यो दिवस मनाउन थालिएको हो । विश्वव्यापी रुपमा तीव्र सहरीकरण भैरहँदा सहरलाई व्यवस्थित गर्न, यहाँको लागि आवश्यक पूर्वाधार जुटाउन र दिगो सहरी विकासका जोड दिने उद्देश्य यस दिवसको पाइन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?