खेल क्षेत्रमा उच्च लगानी रहेको छ : मुख्यमन्त्री राई
रासस
फाल्गुन ११, २०७६ आईतवार
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई खेलकूदको राजधानीका रूपमा विकास गर्ने गरी काम भइरहेको जानकारी दिनुभएको छ । तेस्रो मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको समापन समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले खेलक्षेत्रमा रु ४२ करोड लगानी गरेको जानकारी दिनुभयो ।